सुकुम्बासी बस्तीबाट हटाइएका ५२ विद्यार्थी आजदेखि विद्यालय जाने

हिमाल प्रेस २२ वैशाख २०८३ ९:१३ | Tuesday, May 5, 2026
सुकुम्बासी बस्तीबाट हटाइएका ५२ विद्यार्थी आजदेखि विद्यालय जाने

काठमाडौँ- सुकुम्बासी बस्तीबाट हटाइएपछि कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना आजदेखि विद्यालय जाने भएका छन्। काठमाडौं महानगरपालिकाको शिक्षा विभागले हिजो विद्यार्थी र अभिभावकसँग परामर्श गरेर आजदेखि उनिहरुलाई विद्यालय पठाउने भएको हो।

आजदेखि ५२ जना बालबालिका वडा नं. १४ मा रहेको जन विकास माध्यमिक विद्यालयमा पठाउन लागिएको महानगरपालिकाले जनाएको छ। यो विद्यालय, बालबालिका रहेको ठाउँबाट नजिक पैदल दूरीमा छ। नदी किनारामा अव्यवस्थित बसोबास गरिरहेका घर टहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले राधास्वामी सत्संग आश्रममा छन्।

यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका विद्यालय उमेरको छन् । ४ जनाले यस वर्ष एसईई दिएका छन्। उनीहरूलाई पनि कम्प्युटर, सिलाइ बुनाइ जस्ता सिप सिक्न चाहेमा चाहेको सिपमूलक तालिमको प्रबन्ध गर्ने योजना बनाएको शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशिल सुवेदीले बताए।

विद्यालय उमेरका विद्यार्थीमध्ये ३० जना छात्रछात्राका अभिभावकले छात्राबासमा राखेर पढाउने चाहना राखेका छन्।

प्रकाशित: २२ वैशाख २०८३ ९:१३ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast