काठमाडौँ- सरकारले काठमाडौँभरका सुकुम्बासी बस्तीहरु खाली गर्ने तयारी गरेसँगै त्यहाँ बसोबास गर्दै आएकाहरुले आफ्ना सामानहरु अन्यत्र सारेका छन्।
उपत्यकाका सबै स्थानका सुकुम्बासी र सरकारी जग्गा अतिक्रमण गरी बस्दै आएकाहरुलाई वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक खाली गर्ने तयारीसँगै बसोबास गर्दै आएकाहरुले आफ्ना सामानहरु अन्यत्र सारेका हुन्।
काठमाडौँको देवीनगर, बल्खु लगायत विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीहरुमा काठमाडौँ महानगर प्रहरी बलले बस्तीहरु खाली गर्न माइकिङ समेत गरेको छ।
बस्ती खाली गर्ने क्रममा कुनै समस्या भए महानगर प्रहरीसँग समन्वय गर्न समेत आग्रह गरिएको छ।
यसअघि थापाथली, मनोहरा तथा गैरिगाउँका सुकुम्बासी बस्ती खाली गराएको सरकारले अब काठमाडौँका बाँकी क्षेत्रका बस्ती पनि खाली गराउने जनाएको हो।
मानवीय रूपमा उद्धार गर्न एवम् विपदको जोखिमलाई समेत मध्यनजर गरी बस्ती खाली गराउन लागेको काठमाडौँ प्रशासनले जनाएको छ।




