महाकाली नदीमा फसेका मजदुरको उद्धार

हिमाल प्रेस १६ माघ २०७९ १८:४३ | Monday, January 30, 2023
महाकाली नदीमा फसेका मजदुरको उद्धार फाइल तस्बिर।

धनगढी– महाकाली नदीमा फसेका २० जना मजदुरको नेपाल प्रहरीले उद्धार गरेको छ। भीमदत्तनगरपालिका-११ भुजेलास्थित महाकाली नदीमा फसेका मजदुरको सोमबार उद्धार गरिएको हो।

पूर्वजानकारीबिना शारदा ब्यारेज वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव बढेपछि महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ट्र्याक्टरहरूसहित मजदुर नदीको बीच भागमा डुबेका थिए।

८ जना ट्र्याक्टर चालकसहित २० जना मजदुर महाकालीमा नदीमा डुबेको खबर पाएपछि सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्र शाहले जानकारी दिए।

‘ब्यारेज पुलसँग समन्वय गरेर पुलका ढोका बन्द गर्न लगाई ट्र्याक्टरसहित र चालक र मजदुरलाई सकुशल उद्धार गरिएको हो,’ उनले भने, ‘इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोली महाकालीमा फसेका मजदुरहरूको सकुशल उद्धार गरेको हो।’

नेपाली प्रशासनलाई जानकारी नदिई भारतीय पक्षले सोमबार ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाव एक्कासी बढेको हो।

प्रकाशित: १६ माघ २०७९ १८:४३ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast