भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

हिमाल प्रेस १६ असोज २०८३ १३:०६ | Friday, October 2, 2026
भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार सूचना जारी गरी दुई दिन महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

भारतको धारचुलास्थित धौलीगंगा जलविद्युत् परियोजनाको शनिबारदेखि सोमबारसम्म सिल्ट सफाइको कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्नसक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जानकारी दिए।

‘अठचालिस घण्टासम्म सिल्ट सफाइ कार्य गर्नुपर्ने हुँदा बाँधको ढोका खोलिने भएकाले जलस्तर बढ्न सक्छ’, सूचनामा भनिएको छ,‘शनिबार राति १:०० बजेदेखि सोमबार राति १:०० बजेसम्म जलस्तर बढ्न सक्ने हुँदा सतर्कता अपनाउन सूचना जारी गरिएको छ।’

प्रकाशित: १६ असोज २०८३ १३:०६ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast