संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुनः सिफारिस

हिमाल प्रेस २१ वैशाख २०८३ १२:४१ | Monday, May 4, 2026
12
SHARES
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुनः सिफारिस प्रधानमन्त्री वालेन्द्र शाह।

काठमाडौँ- सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नका लागि पुनः सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि पनि संवैधानिक परिषद्सहित विभिन्न ८ वटा अध्यादेश सिफारिस भएका थिए। तीमध्ये ७ वटा राष्ट्रपतिले जारी गरेका थिए भने परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए।

उक्त अध्यादेश जस्ताको तस्तै सिफारिस भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

प्रकाशित: २१ वैशाख २०८३ १२:४१ | Monday, May 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast