भारत : एसी विस्फोटपछि आगलागी, ९ जनाको मृत्यु

हिमाल प्रेस २० वैशाख २०८३ १६:३१ | Sunday, May 3, 2026
26
SHARES
भारत : एसी विस्फोटपछि आगलागी, ९ जनाको मृत्यु

नयाँ दिल्ली (रासस/एएफपी)- आइतबार बिहान दिल्लीको एक घरमा एअर कन्डिसनर (एसी) विस्फोटपछि आगलागी हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। आगलागीमा परी एक बालक र चार महिलासहित कम्तीमा ९ जनाको मृत्यु भएको र अन्य २० जना घाइते भएका दिल्ली प्रहरीले पुष्टि गरेको छ।

पूर्वी दिल्लीको विवेक विहार क्षेत्रमा पीडित सुतिरहेका बेला यो घटना भएको हो। एसी विस्फोटपछि लागेको आगो केही मिनेटमा नै पूरै घरमा फैलिएको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त घरको विभिन्न भागबाट ९ जनाको शव निकालिएको छ। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

आगो नियन्त्रणका लागि दमकलसहितका १४ वटा टोली खटिएका थिए। घटनाबारे अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

प्रकाशित: २० वैशाख २०८३ १६:३१ | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast