काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले प्राध्यापक पदको परीक्षा स्थगित गरेको छ।
मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षाशास्त्र संकायअन्तर्गतका विभिन्न विषयको प्राध्यापक पदको परीक्षा स्थगित भएको हो।
त्रिवि सेवा आयोगको कार्यालयले आगामी जेठ ६ गतेका लागि तोकिएको परीक्षा स्थगित गरिएको जानकारी दिएको छ।
जारी सूचनामा भनिएको छ,‘मिति २०८३ जेठ ६ गतेदेखि सञ्चालन हुन लागेको अनुसन्धानात्मक विशिष्टताका आधारमा खुला प्रतियोगितातर्फको प्राध्यापक पदको अन्तर्वार्ता कार्यक्रम विशेष कारणबश अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’
त्रिविका उपकुलपति प्रा.दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा.केदारप्रसाद रिजालले गत बिहीबार राजीनामा दिएपछि नेतृत्व रिक्त छ।



