सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

हिमाल प्रेस २० वैशाख २०८३ ११:२९ | Sunday, May 3, 2026
16
SHARES
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ- गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको मूल्य बढेको छ। सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु ६५ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९५ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १० कायम भएको छ।

गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ९४५ मा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २० वैशाख २०८३ ११:२९ | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast