पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध

हिमाल प्रेस २० वैशाख २०८३ ८:४० | Sunday, May 3, 2026
2
SHARE
पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध फाइल तस्बिर- रासस

काठमाडौँ- ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध भएको छ । आइतबार बिहान करिब ५ बजे खसेको पहिरोका कारण काठमाडौँ र हेटौँडा जोड्ने छोटो दुरीको मार्गमा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा ठूलो पहिरो थुप्रिएकाले दुवैतर्फबाट हुने सवारी आउजाउ रोकिएको छ । अहिले पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक विस्तारको क्रममा रहेको अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–साँगा सडकखण्डमा पनि यातायात प्रभावित भएको छ । वर्षाका कारण निर्माणधीन सडक चिप्लो भएकाले सवारी साधन गुड्न नसकेका हुन् ।

ट्राफिक प्रहरीले सो सडकखण्ड भएर यात्रा गर्ने चालकलाई संयमित भएर सवारी चलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ । निर्माणाधीन सडक र पानीका कारण दुर्घटनाको जोखिम बढ्ने भन्दै सावधानी अपनाउन प्रहरीले सचेत गराएको हो ।

प्रकाशित: २० वैशाख २०८३ ८:४० | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast