राष्ट्रपतिबाट तीन अध्यादेश जारी

हिमाल प्रेस १९ वैशाख २०८३ १६:४२ | Saturday, May 2, 2026
14
SHARES
राष्ट्रपतिबाट तीन अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा अध्यादेश जारी गरेका छन्। उनले शनिबार एकैपटक तीनवटा अध्यादेश जारी गरेका हुन्।

राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

योसँगै सरकारले सिफारिस गरेकामध्ये राष्ट्रपति ६ वटा अध्यादेश जारी भएको छ।

राष्ट्रपति पौडेलले शुक्रबार सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरेका थिए। त्यसअघि उनले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका थिए।

प्रकाशित: १९ वैशाख २०८३ १६:४२ | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast