नेकपा संयुक्तले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने

हिमाल प्रेस १९ वैशाख २०८३ ११:५३ | Saturday, May 2, 2026
12
SHARES
नेकपा संयुक्तले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने घनश्याम भुसाल

काठमाडौँ- घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)ले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने भएको छ। संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र सुकुम्वासीहरूको घरमा डोजर चलाएर घरवारविहीन बनाएको विरोधमा नेकपा संयुक्त सडकमा उत्रिन लागेको हो।

नेकपा संयुक्तका केन्द्रीय प्रचार विभाग दामोदर अर्यालले भने, ‘नवनिर्वाचित बालेन सरकारद्वारा संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र बर्खायामको सुरुआतमा सुकुम्वासीहरूको घरमा डोजर चलाएर घरवारविहीन बनाएकोमा हाम्रो पार्टी असहमति प्रकट गर्दछ ।’

सरकारलाई खबरदारी गर्न वैशाख २३ गते १ बजे माइतीघरमा जम्मा हुन लागेको उनले बताए। माइतीघरमा उपस्थिति हुन पार्टीका कार्यकर्ता र आम जनसमुदायहरूलाई अपिल समेत गरेको छ।

प्रकाशित: १९ वैशाख २०८३ ११:५३ | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast