दीपेन्द्रको शानदार शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

हिमाल प्रेस १८ वैशाख २०८३ १३:४५ | Friday, May 1, 2026
8
SHARES
दीपेन्द्रको शानदार शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

काठमाडौँ- ओडीआई उपकप्तान दीपेन्द्रसिंह ऐरीको शानदार शतकमा नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनायो।

जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईविरुद्ध दीपेन्द्रले शतक पूरा गरेका हुन्। दीपेन्द्रले ९४ बलमा १३ चौका र १ छक्का सहयोगमा शतक हाने।

ओडीआईमा दीपेन्द्रको यो दोस्रो शतक हो। यसअघि उनले सन् २०२२ मा पपुवा न्युगिनीविरुद्ध त्रिवि क्रिकेट मैदानमा नै शतक हानेका थिए।

आज विनोद भण्डारीले ५६, गुल्सन झाले ४४, रोहित पौडेलले ३९ र अर्नुज कुमालले ११ रन प्रहार गरे। भीम सार्की शून्य रनमा आउट भए।

यूएईका जुनैद सिद्दिकी र अजय कुमारले २/२ तथा खुजैमा बिन तन्वीर र हैदर अलीले १/१ विकेट लिए।

प्रकाशित: १८ वैशाख २०८३ १३:४५ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast