काठमाडौँ- ओपनर विनोद भण्डारी ५६ रनमा आउट भएका छन्। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जारी यूएईविरुद्धको खेलमा ७९ बलमा भण्डारीले ५६ रन बनाए।
भण्डारी हइदर अलीको बलमा क्याच आउट भएका हुन्। त्यअघि भण्डारीले ओडीआई करिअरको दोस्रो अर्धशतक पूरा गरे।
४ वर्षपछि ओडीआईमा पुनरागमन गर्दै नेपालका लागि ओडीआई खेल्ने सबैभन्दा पाका खेलाडी बनेका विनोदले अर्धशतक पूरा गरेका हुन्।
प्रकाशित: १८ वैशाख २०८३ ११:५२ | Friday, May 1, 2026
प्रतिक्रिया



