एकैदिन ३४ सय रुपैयाँ बढ्यो सुनको मूल्य

हिमाल प्रेस १८ वैशाख २०८३ ११:४३ | Friday, May 1, 2026
8
SHARES
एकैदिन ३४ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा एक हजार आठ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन हजार चार सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार एक सय रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला चार हजार आठ सय १० रुपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ३५ रुपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १८ वैशाख २०८३ ११:४३ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast