साहित्य संवाद

नेपाली भाषामा अनावश्यक रूपमा अंग्रेजी शैलीको प्रभाव बढ्यो : लेखक भट्टराई (भिडियोसहित)

हिमाल प्रेस १८ वैशाख २०८३ ८:२७ | Friday, May 1, 2026
20
SHARES
नेपाली भाषामा अनावश्यक रूपमा अंग्रेजी शैलीको प्रभाव बढ्यो : लेखक भट्टराई (भिडियोसहित)

काठमाडौँ- लेखक, सम्पादक तथा अधिवक्ता रवीन्द्र भट्टराईले मानववादी चेतनाको विकासबिना समाजको समग्र उन्नति सम्भव नहुने बताएका छन्।

उनले नेपालका प्रख्यात व्यक्तित्वहरू जस्तै लक्ष्मीप्रसाद देवकोटा र जयपृथ्वीबहादुर सिंहले देश र जनताप्रति इमानदार योगदान दिएको बताउँदै उनीहरूबाट प्रेरणा लिनुपर्ने धारणा व्यक्त गरे।

हिमालप्रेससँगको संवादमा भट्टराईले पहिलो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय सन्दर्भ उल्लेख गर्दै लिग अफ नेशनको असफलताले मानववादी दृष्टिकोणको आवश्यकता थप उजागर गरेको बताए।

उनका अनुसार नेपाली भाषामा अनावश्यक रूपमा अंग्रेजी शैलीको प्रभाव बढ्दै गएको छ। उनले नेपाली भाषामा सरल, स्वाभाविक र सन्दर्भअनुकूल अभिव्यक्ति प्रयोग गर्नुपर्ने बताए।

‘प्रश्न गर्दा अंग्रेजी शैलीको सिधै अनुवादभन्दा नेपालीको आफ्नै ढाँचामा प्रस्तुत गर्नु उपयुक्त हुन्छ,’ उनले भने।

उनले लेखन केवल अभिव्यक्ति नभई पाठकलाई रसास्वादन गराउने माध्यम भएको बताए। ‘लेखकले पाठकले पनि त्यही अनुभूति गरून् भन्ने उद्देश्यले लेख्ने गर्छ,’ उनले भने।

सम्पादन प्रक्रियामा उनले पाठक केन्द्रित दृष्टिकोण आवश्यक रहेको बताए। जटिल शब्दहरूको अर्थ स्पष्ट पार्ने, आवश्यक परे सन्दर्भअनुसार व्याख्या गर्ने र भाषा सरल बनाउने कार्य सम्पादकको दायित्व भएको उनले बताए।

भट्टराईले आफू २०४४ सालदेखि लेखन र सम्पादन क्षेत्रमा सक्रिय रहेको जानकारी दिँदै प्रारम्भमा इलामबाट पत्रकारितामार्फत यस क्षेत्रमा प्रवेश गरेको बताए।

हालसम्म विभिन्न पत्रपत्रिका तथा पुस्तक गरी ६० भन्दा बढी सामग्री सम्पादन गरिसकेको उनले जानकारी दिए।

भिडियो

प्रकाशित: १८ वैशाख २०८३ ८:२७ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast