गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने : बनेपछि थाहा हुन्छ

हिमाल प्रेस १६ माघ २०७९ १४:५२ | Monday, January 30, 2023
गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने : बनेपछि थाहा हुन्छ

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिक्त गृहमन्त्री पद कसलाई दिने भन्ने टुंगो लागि नसकेको बताएका छन्। रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चले उनको सबै पद खारेज गरिदिएपछि गृहमन्त्री पद खाली छ।

यसै विषयमा सोमबार माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बसेको पार्टी बैठकपछि बाहिरिनेक्रममा पत्रकारहरूले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए।
गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा उनले भने,’बनेपछिमात्रै थाहा हुन्छ।’

गृहमन्त्री माओवादी केन्द्रकै सांसदलाई बनाउने तयारी प्रधानमन्त्रीको छ तर, राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमा आफ्नो दाबी कायमै रहेको बताइरहेको छ।

प्रकाशित: १६ माघ २०७९ १४:५२ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast