प्रहरीले चलायो स्विप अप्रेसन, एक हजार ४४ लागुऔषध कारोबारी पक्राउ

हिमाल प्रेस १८ वैशाख २०८३ ५:५० | Friday, May 1, 2026
प्रहरीले चलायो स्विप अप्रेसन, एक हजार ४४ लागुऔषध कारोबारी पक्राउ प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख ९ गतेदेखि १६ गतेसम्म एक हजार ४४ जना लागुऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन्।

उपत्यकाबाट ४१, कोशी प्रदेशबाट पाँच सय ९३, मधेशबाट ३०, बागमतीबाट ५१, गण्डकीबाट एक सय ४०, लुम्बिनीबाट ४२, कर्णालीबाट ८७ र सुदूरपश्चिम प्रदेशबाट ६० जना पक्राउ परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

उनका अनुसार सो अवधिमा अवैध लागुऔषध गाँजा १७६ किलो, चरेस १६ किलो, खैरो हेरोइन एक किलो ३७२ ग्राम, पोलेन एक किलो १४२ ग्राम बरामद गरिएको छ।

त्यस्तै नियन्त्रित लागुऔषध डाईजेपाम एक हजार २२४ एम्पुल, फेनारगन एक हजार ४१७ एम्पुल, बुप्रेनोर्फिन एक हजार ७६ एम्पुल, लुपिजेसिक ४१ एम्पुल, ट्रामाडोल ६२ हजार ९५ ट्याब्लेट, नाइट्राभेट दुई सय ४२ ट्याब्लेट, स्पास्मो एक सय तीन ट्याब्लेट बरामद गरिएको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए।

लागुऔषध कारोबारलगायत आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील रहेको उनको भनाइ छ।

प्रकाशित: १८ वैशाख २०८३ ५:५० | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast