राष्ट्रपतिबाट अर्को अध्यादेश जारी

हिमाल प्रेस १७ वैशाख २०८३ २०:२३ | Thursday, April 30, 2026
76
SHARES
राष्ट्रपतिबाट अर्को अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्।

उनले सरकारले सिफारिस गरेका ६ मध्ये यो दोस्रो अध्यादेश जारी गरेका हुन्।

पौडेलले सरकारले सिफारिस गरेको सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले सरकारबाट सिफारिस भएको अध्यादेश जारी गरेका हुन्।

यसअघि सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशबारे उनले संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श गरेका थिए।

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपति पौडेलले शीतल निवासमा संविधानविद् र कानुनविद्हरूसँग परमार्श गरेको उनको सचिवालयले जनाएको छ।

परमार्शमा कानुनविद्हरू बद्रीबहादुर कार्की, महादेव यादव, पूर्णमान शाक्य, भिमार्जुन आचार्य र टिकाराम भट्टराई सहभागी थिए।

राष्ट्रपति पौडेलले यसअघि बिहीबार दिउँसो ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका थिए।

सरकारले पछिल्लो समय राष्ट्रपतिसमक्ष ६ वटा अध्यादेश सिफारिस गरेको छ।

प्रकाशित: १७ वैशाख २०८३ २०:२३ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast