काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्।
उनले सरकारले सिफारिस गरेका ६ मध्ये एक सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन्।
राष्ट्रपति पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।
सरकारले पछिल्लो समय राष्ट्रपतिसमक्ष ६ वटा अध्यादेश सिफारिस गरेको छ।

प्रकाशित: १७ वैशाख २०८३ १६:५१ | Thursday, April 30, 2026
प्रतिक्रिया




