दुई प्रदेश मन्त्रीसहित सात नेतासँग कांग्रेसले सोध्यो स्पष्टीकरण

हिमाल प्रेस १६ वैशाख २०८३ १९:१३ | Wednesday, April 29, 2026
22
SHARES
दुई प्रदेश मन्त्रीसहित सात नेतासँग कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस प्रदेशका दुई मन्त्रीसहित पाँच प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले उनीहरूसँग पाँचदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

लुम्बिनी प्रदेश सरकारका वनमन्त्री एवं महासमिति सदस्य देवकरणप्रसाद कलवार (सन्तु), पूर्वकेन्द्रीय सदस्य एवं कोशी प्रदेशका मन्त्री प्रदीप सुनुवार, लुम्बिनी प्रदेशका यातायात तथा पर्यटनमन्त्री विक्रम न्यौपाने, लुम्बिनी प्रदेशका पार्टी उपसभापति एवं प्रदेशसभा सदस्य राजु खनालसँग स्पष्टीकरण सोध्ने निर्णय भएको समितिका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

त्यस्तै मधेश प्रदेशका स्वास्थ्यमन्त्री जंगीलाल राय, मधेश प्रदेशका सांसदहरू सकुन्तीदेवी महरा र कौशलकिशोर रायलाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए।

उनीहरूमाथि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध असहयोग गरेको आरोप छ।

कार्यवाहक मुख्य सचिव दुलालले अनुशासन समितिको बैठकले उनीहरूलाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको जानकारी दिए।

प्रकाशित: १६ वैशाख २०८३ १९:१३ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast