कांग्रेसको राष्ट्रियसभा सचेतकमा परियार मनोनीत

हिमाल प्रेस १६ वैशाख २०८३ १७:४३ | Wednesday, April 29, 2026
22
SHARES
कांग्रेसको राष्ट्रियसभा सचेतकमा परियार मनोनीत

काठमाडौँ- नेपाली कांग्रेसले पदम परियारलाई राष्ट्रियसभाको सचेतक बनाएको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उनलाई राष्ट्रियसभाका लागि सचेतक मनोनीत गरेका हुन्।

नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) को धारा १३(३) बमोजिम परियारलाई राष्ट्रियसभाको सचेतक मनोनीत गरेको कांग्रेसले जनाएको छ।

परियार २०८० फागुन २१ गतेदेखि राष्ट्रियसभा सदस्य रहेका छन्। तनहुँको व्यास नगरपालिका–१ घर भएका उनी २०४९ सालदेखि राजनीतिमा सक्रिय छन्।

परियारले २०५१ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को सदस्यता लिएका थिए।

प्रकाशित: १६ वैशाख २०८३ १७:४३ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast