राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेतामा कमला पन्त

हिमाल प्रेस १६ वैशाख २०८३ १२:५१ | Wednesday, April 29, 2026
12
SHARES
राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेतामा कमला पन्त

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रियसभामा संसदीय दलको नेतामा कमला पन्तलाई चयन गरेको छ।

प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज पन्तलाई राष्ट्रियसभामा दल नेता मनोनीत गरेका हुन्।

संघीय संसदीय दल नेताले राष्ट्रियसभा दल नेता तोक्ने विधानको व्यवस्था छ। राष्ट्रियसभामा दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएर पन्तलाई मनोनीत गरिएको हो।

गोरखाबाट २०५१ र २०५६ सालमा निर्वाचित पन्त महिला बालबालिका तथा समाज कल्याण राज्यमन्त्री पनि भएकी थिइन्।

प्रकाशित: १६ वैशाख २०८३ १२:५१ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast