दुईतिहाइको संसद् रोकेर अध्यादेश ल्याउनु बहादुरी होइन : गणेश कार्की

हिमाल प्रेस १६ वैशाख २०८३ ८:५८ | Wednesday, April 29, 2026
12
SHARES
दुईतिहाइको संसद् रोकेर अध्यादेश ल्याउनु बहादुरी होइन : गणेश कार्की

काठमाडौँ- सरकारले निर्णय गरेको दुई अध्यादेश जारी गर्ने निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदले विरोध जनाएका छन्। रास्वपा सांसद गणेश कार्कीले दुईतिहाइको सरकारले संसद् रोकेर अध्यादेश ल्याउनु बहादुरी नभएको टिप्पणी गरेका छन्।

‘झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनुपर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरु नै भन्ने पछि खुल्ला, तर यो बहादुरी भने होइन’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अध्यादेश सधैँ संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो, तर यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन । संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो। संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस्।’

उनले विपक्षी दलले यस्तैबेला अध्यादेश ल्याउँदा आफूले उठाएका प्रश्न अहिले पनि जीवित रहेको बताएका छन्। संसद् अधिवेशनको सिफारिस स्थगित गरेर सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरी राष्ट्रपति कार्यालयमा सिफारिस गरेको छ ।

प्रकाशित: १६ वैशाख २०८३ ८:५८ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast