अनलाइन जुवा ‘वान एक्स बेट’ खेल्ने र खेलाउने १० जना पक्राउ

हिमाल प्रेस १५ वैशाख २०८३ १९:३७ | Tuesday, April 28, 2026
अनलाइन जुवा ‘वान एक्स बेट’ खेल्ने र खेलाउने १० जना पक्राउ

इटहरी- सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित एक क्याफेबाट अनलाइन जुवा ‘वान एक्स बेट’ खेल्ने तथा खेलाउने कार्यमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार राति विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समूह र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले मण्डला क्याफेमा छापा मारेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा धरान–१३ का ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बू, २९ वर्षीय मिलन लिम्बू, ३१ वर्षीय सुशान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, धरान–१ का ३३ वर्षीय सुजित साह, धरान–१६ का ४१ वर्षीय अशोक लिम्बू, धरान–१५ का ३५ वर्षीय भवानी दाहाल र धरान–१७ का ३१ वर्षीय प्रज्वल राई रहेका छन्।

उनीहरूको साथबाट विभिन्न कम्पनीका १५ थान मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि सट्टेबाजी (जुवा) सम्बन्धी कसुरमा आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित: १५ वैशाख २०८३ १९:३७ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast