पूर्णबहादुर खड्काले फेरि बोलाए कांग्रेसको देउवा समूहको बैठक

हिमाल प्रेस १५ वैशाख २०८३ ८:३५ | Tuesday, April 28, 2026
14
SHARES
पूर्णबहादुर खड्काले फेरि बोलाए कांग्रेसको देउवा समूहको बैठक फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् ।

बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरुलाई बोलाइएको छ । बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बस्ने नेताहरुले बताएका छन् । यसअघि ६ वैशाखमा यही ठाउँमा भेला बोलाएर खड्काको समूहले पर्ख र हेरको रणनीति अपनाउने निस्कर्ष निकालेको थियो।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएदेखि खड्का असन्तुष्ट देखिन्छन्। उनले विशेष महाधिवेशन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर समेत गरेका थिए । तर सर्वोच्चले रिट खारेज गर्दै गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि पनि उनले आफ्नो समूहका नेताहरुसँगको बैठक र छलफल जारी राख्दै आएका छन् ।

 

 

प्रकाशित: १५ वैशाख २०८३ ८:३५ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast