पूर्वप्रधानमन्त्री भट्टराई र अर्थमन्त्री वाग्लेबीच भेट, बजेटबारे छलफल

हिमाल प्रेस १४ वैशाख २०८३ १६:१६ | Monday, April 27, 2026
154
SHARES
पूर्वप्रधानमन्त्री भट्टराई र अर्थमन्त्री वाग्लेबीच भेट, बजेटबारे छलफल

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच आइतबार भेटवार्ता भएको छ।

रविभवनमा झन्डै दुई घण्टा भएको उक्त भेटमा आगामी बजेटका विषयमा विस्तृत छलफल भएको बताइएको छ।

नयाँ आर्थिक वर्षको बजेट तयारीमा रहेका अर्थमन्त्री वाग्लेलाई पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले विभिन्न सुझाव दिएका छन्।

भेटमा सहकारी संस्थाहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने, बुढीगण्डकी जलविद्युत् आयोजना, पूर्व–पश्चिम लोकमार्ग, मध्यपहाडी लोकमार्गलगायत राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिन भट्टराईले सुझाव दिए।

भट्टराई २०६५ भदौ २ देखि २०६६ जेठ ११ गतेसम्म अर्थमन्त्रीको जिम्मेवारीमा रहेका थिए।

प्रकाशित: १४ वैशाख २०८३ १६:१६ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast