कांग्रेसले भन्यो- संसदको सर्वोच्चता अवमूल्यन नहोस्

हिमाल प्रेस १४ वैशाख २०८३ १६:०४ | Monday, April 27, 2026
2
SHARE
कांग्रेसले भन्यो- संसदको सर्वोच्चता अवमूल्यन नहोस् फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले संसदको सर्वोच्चतालाई अमूल्यन गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएको छ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसदको अधिवेशन बोलाइसकेपछि विनाकारण स्थगित गर्ने कार्य उचित नभएको भन्दै संसदको सर्वोच्चतालाई अमूल्यन गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेले आह्वान भइसकेको संसद अधिवेशन स्थगित गरेर अध्यादेश ल्याइए गम्भीर रुपमा असहमति जनाउने निर्णय भएको जानकारी दिए। जनताको सर्वोच्च निकायको थलोमा हरेक कुराहरू पारदर्शी रूपमा छलफल हुनुपर्ने र त्यसैबाट कानूनहरु बनाउने आफूहरुको अपेक्षा रहेको उनले बताए।

त्यस्तै बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र सीमामा देखिएका कठिनाइले नागरिकहरूको दैनिक जीवन प्रभावित भइरहेको भन्दै कृत्रिम अभाव र मूल्यबृद्धि नियन्त्रण गर्न समेत माग गरेको छ।

साथै बैठकले पार्टी सभापति गगन थापाको प्रस्तावमा संसदीय दलको नेतामा भीष्मराज आङ्गदम्बेको नाम प्रस्ताव गर्ने निर्णय भएको प्रवक्ता चालिसेले जानकारी दिए।

त्यस्तै भाद्र २४ गते भएको घटनाको अनुसन्धानका लागि सरकार गम्भीर नभएको भन्दै निष्पक्षतापूर्व छानविन र अनुसन्धान गर्न ध्यानाकर्षण गराइएको उनले बताए।

प्रकाशित: १४ वैशाख २०८३ १६:०४ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast