सशस्त्रको आईजीपीमा नारायणदत्त पौडेल

हिमाल प्रेस १४ वैशाख २०८३ १५:२१ | Monday, April 27, 2026
8
SHARES
सशस्त्रको आईजीपीमा नारायणदत्त पौडेल

काठमाडौँ- सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त भएका छन्। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले एआईजी पौडेललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो।

यस्तै सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार बैठकले भन्सार नियमावली २०८३ पनि स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रकाशित: १४ वैशाख २०८३ १५:२१ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast