जितु नेपालको ‘आइएम जीतबहादुर’ ५ असारमा प्रदर्शनमा आउने

हिमाल प्रेस १४ वैशाख २०८३ १३:०२ | Monday, April 27, 2026
4
SHARES
जितु नेपालको ‘आइएम जीतबहादुर’ ५ असारमा प्रदर्शनमा आउने

काठमाडौँ- अभिनेता जितु नेपालद्वारा निर्माण गरिएको कथानक फिल्म ‘आइएम जीतबहादुर’ को प्रदर्शन मिति तय भएको छ । पोस्टर सार्वजनिक गर्दै फिल्मले ५ असारदेखि देशब्यापी प्रदर्शन हुने जनाएको हो।

सार्वजनिक पोस्टरमा शीर्ष कलाकार जितु र वर्षा राउतको ‘क्यारेक्टर लुक्स’ देख्न सकिन्छ। चरित्रको विविधता र भावमा उनीहरूलाई पहिलो झलकमा देख्न सकिन्छ। सुभेन्दु घोष निर्देशित फिल्मले गाउँबाट सहर आएर फिल्मको हिरो बन्न संघर्ष गर्ने युवाको कथा पेस गर्छ । यो फिल्म अभिनेता नेपालको वास्तविक जीवनबाट आंशिकरुपमा प्रेरित रहेको जनाइएको छ ।

फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल लगायत पनि छन्। कर्मभूमि क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल छन्। राजन सिम्खडा र दीपेन्द्र अधिकारी सह–निर्माताको रूपमा जोडिएका छन्।

 

प्रकाशित: १४ वैशाख २०८३ १३:०२ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast