काठमाडौँ- अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘आइएम जीतबहादुर’ ले पहिलो साता ३१ लाख मात्र कमाएको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार रातीसम्मको बक्स अफिस रिपोटमा फिल्मको आम्दानी ३१ लाख ७ हजार ६९२ रहेको छ । यो अवधिमा फिल्म हेर्ने दर्शक ९ हजार ६२६ मात्र रहेका छन् ।
भारतीय बङ्गाली निर्देशक सुभेन्दु घोषको कथा तथा निर्देशनमा बनेको फिल्ममा जितुको अलवा वर्षा राउत, प्रियङ्का कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा ‘बाबा’, नीरज नेपाल, अन्सु महर्जन लगायत कलाकारहरूको अभिनय छ ।
प्रकाशित: १५ असार २०८३ १२:३७ | Monday, June 29, 2026
प्रतिक्रिया




