कक्षा १२ को अन्तिम परीक्षा आजदेखि

हिमाल प्रेस १४ वैशाख २०८३ ६:४३ | Monday, April 27, 2026
18
SHARES
कक्षा १२ को अन्तिम परीक्षा आजदेखि

काठमाडौँ- माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आज (सोमबार)देखि सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन्।

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्। यस वर्ष २०७९ यताका विद्यार्थीले आंशिक परीक्षा दिने बोर्डले जनाएको छ। यस्तै, जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले पनि आज कक्षा १२ को परीक्षा दिँदैछन्।

परीक्षाका लागि देशभर १ हजार ४२१ वटा परीक्षा केन्द्र तोकिएको छ। यही वैशाख २७ गते परीक्षा सकिने समय तालिका छ।

 

 

प्रकाशित: १४ वैशाख २०८३ ६:४३ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast