बुद्धिजीविहरूसँग शेखरले गरे छलफल

हिमाल प्रेस १३ वैशाख २०८३ १८:१८ | Sunday, April 26, 2026
8
SHARES
बुद्धिजीविहरूसँग शेखरले गरे छलफल

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बुद्धिजीविहरूसँग छलफल गरेका छन्।

विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा नेता कोइरालाले बुद्धिजीवि तथा पार्टीका नेताहरूसँग छलफल गरेका हुन्।

देशको समसामयिक राजनीति र पार्टीको पछिल्लो अवस्थाबारे छलफल भएको नेता कोइरालाको सचिवालयले जनाएको छ।

छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा.दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा.बिनिता कार्की, जगदीश दाहाल, पुरञ्जन आचार्यलगायत सहभागी थिए।

त्यस्तै कांग्रेस नेताहरू डा.शशांक कोइराला, मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता कोइराला, बद्री पाण्डे, जीवन परियार धनराज गुरुङ र डा.गोविन्द पोखरेल पनि छलफलमा सहभागी भएका थिए।
छलफल दिउँसो १ बजेदेखि ४ बजेसम्म चलेको थियो।

प्रकाशित: १३ वैशाख २०८३ १८:१८ | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast