ट्रम्पमाथि पटकपटक किन हुन्छ आक्रमण?

हिमाल प्रेस १३ वैशाख २०८३ १६:४३ | Sunday, April 26, 2026
10
SHARES
ट्रम्पमाथि पटकपटक किन हुन्छ आक्रमण? तस्बिर : एएफपी

काठमाडौँ- ह्वाइट हाउस संवाददाताहरूका लागि आयोजना गरिएको रात्रिभोजमा राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिका बीच गोली चल्यो। वाशिङटन डीसीस्थित हिल्टन होटलमा आयोजना गरिएको कार्यक्रममा गोली चलेको हो। कार्यक्रमस्थल नजिक गोलीबारी हुँदा राष्ट्रपति ट्रम्प, उनकी श्रीमती मेलेनिया ट्रम्प, उपराष्ट्रपति जेडी भान्सलगायतका व्यक्तिहरूमाथि मञ्चमा बसिरहेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्प कुनै गोलीबारीको घटना भएको स्थानमा उपस्थित भएको यो पहिलोपटक होइन। घटनापछि एक पत्रकारले ट्रम्पलाई सोधे ‘तपाईँलाई के लाग्छ, तपाईँसँग पटक-पटक यस्तो किन हुन्छ?’ जवाफमा ट्रम्पले प्रभावशाली व्यक्तिलाई निशाना बनाइने गरेको बताए। उनले भने,‘जो मानिसहरू सबैभन्दा प्रभावशाली हुन्छन्, उनीहरूलाई निशाना बनाइन्छ। खासै महत्वपूर्ण नभएका व्यक्तिहरूका पछाडि यस्ता व्यक्ति लाग्दैन।’

ह्वाइट हाउस संवाददाताका लागि आयोजना गरिएको रात्रिभोजमा गोली चलाउने व्यक्ति ट्रम्प भएको स्थानबाट बढीमा ३० सेकेन्डको दूरीमा रहेको बताइएको छ। सुरक्षाकर्मीहरूले गोली चलाउने ती व्यक्तिलाई पक्राउ गरिसकेको छ। पक्राउ परेका व्यक्ति क्यालिफोर्नियाका ३१ वर्षीय कोल टोमास एलेन रहेका छन्। उनी पेसाले शिक्षक रहेको बताइएको छ।

उनको साथबाट एउट शटगन, एउटा ह्यान्ड गन र केही चक्कुहरू बरामद भएको छ। टोमास त्यही होटलमा पाहुनको रूपमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले सुरक्षा जाँच गर्ने ठाउँ पार गरेर मुख्य हलतिर छिर्ने प्रयास गरेका थिए। त्यस क्रममा उनले गोली चलाएका थिए। टोमास र सुरक्षाकर्मीबीच केही बेर गोली हानाहानसमेत भएको थियो।

जुलाई २०२४ मा पेन्सिल्भेनियाको बटलरमा एक चुनावी र्‌यालीका क्रममा उनको दाहिने कानमा गोली लागेको थियो। सुरक्षाकर्मीहरूले उनलाई मञ्चबाट हटाएर सुरक्षित स्थानतर्फ लैजाँदै गर्दा ट्रम्पले ‘फाइट, फाइट, फाइट’ भन्दै आवाज दिइरहेका थिए।

यो घटनामा भिडमा रहेका एक व्यक्तिको मृत्यु भएको थियो। त्यसको केही महिनापछि सेप्टेम्बर २०२४ मा फ्लोरिडाको वेस्ट पामबीचस्थित उनको गल्फ क्लबको झाडीमा एक शंकास्पद बन्दुकधारी लुकेर बसेको भेटिएको थियो। त्यो बेला ट्रम्प आफैँले आफू ‘सुरक्षित र ठीक’ रहेको बताएका थिए।

ट्रम्पको सुरक्षासँग जोडिएको सबैभन्दा पछिल्लो घटना फेब्रुअरी २०२६ मा भएको थियो। ट्रम्पको मार-ए-लागो निवासको सीमाभित्र प्रवेश गरेपछि एक हतियारधारी व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेका थिए। त्यस समयमा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमै थिए।

अमेरिकी राष्ट्रपति ट्रम्प शनिबार राति साढे आठ बजे (अमेरिकी समयअनुसार) ह्वाइट हाउसका पत्रकारहरूसँग रात्रिकालीन भोजन गरिरहेका थिए, त्यही बेला गोली चलेको आवास सुनिएको थियो। त्यसपछि सुरक्षाकर्मीहरूले राष्ट्रपति ट्रम्पलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए।

प्रकाशित: १३ वैशाख २०८३ १६:४३ | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast