पार्टी एकताको विकल्प छैन : महामन्त्री पौडेल

हिमाल प्रेस १२ वैशाख २०८३ २१:२७ | Saturday, April 25, 2026
16
SHARES
पार्टी एकताको विकल्प छैन : महामन्त्री पौडेल फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको बताएका छन्।

कांग्रेस तनहुँको आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता नै सबैभन्दा ठूलो शक्ति भएकाले एकताको विकल्प नभएको बताए।

वर्तमान राजनीतिक परिवेशमा पार्टीलाई मजबुत बनाउन संगठन सुदृढीकरण आवश्यक रहेको बताउँदै महामन्त्री पौडेलले सबै तहका नेता तथा कार्यकर्तालाई साझा उद्देश्यका साथ अघि बढ्न आग्रह गरे।

‘पार्टीभित्र आपसी सहकार्य, समन्वय र विश्वास बलियो बनाउनसके मात्रै नेपाली कांग्रेसलाई अझ सशक्त बनाउन सकिन्छ,’ उनले भने।

महामन्त्री पौडेलले कांग्रेसले सुरु गरेको ‘जरा अभियान’ले संगठनलाई नयाँ दिशा दिने विश्वाससमेत व्यक्त गरे।

प्रकाशित: १२ वैशाख २०८३ २१:२७ | Saturday, April 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast