काठमाडौँ- आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर बलिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो।
नेपाल रोहित पौडेल र यूएई मोहम्मद वासिमको कप्तानीमा मैदान उत्रदैछन्। अंक तालिकाको पुछारमा रहेका नेपाल र यूएई दुबै टोलीलाई शीर्ष ६ मा रहेर एक दिवसीय मान्यता जोगाउने चुनौती छ।
नेपालको प्लेइङ ११ः
कुशल भुर्तेल, आशिफ शेख, भिम सार्की, रोहित पौडेल, बसिर अहमद, दिपेन्द्र सिंह ऐरि, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी
प्रकाशित: १२ वैशाख २०८३ ९:१८ | Saturday, April 25, 2026
प्रतिक्रिया




