लिग २ एकदिवशीय क्रिकेट शृंखलामा लागि २० खेलाडी ‘क्लोज क्याम्प’मा : परेनन् अर्जुन कुमाल र सन्दीप जोरा

हिमाल प्रेस १६ फागुन २०८२ ६:३७ | Saturday, February 28, 2026
14
SHARES
लिग २ एकदिवशीय क्रिकेट शृंखलामा लागि २० खेलाडी ‘क्लोज क्याम्प’मा : परेनन् अर्जुन कुमाल र सन्दीप जोरा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग २ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी क्याम्पका लागि २० खेलाडी छनोट गरेको प्रवक्ता छुम्बी लामाले जनाएका छन्। रोहित पौडेलको नेतृत्व छनोट गरिएको प्रारम्भिक टोलीमा दीपेन्द्रसिंह ऐरी उपकप्तान रहेका छन्।

त्यस्तै, कुशल भुर्तेल, आसिफ सेख, अर्जुन साउद, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलसन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, साहब आलम, शेर मल्ल, ईशान पाण्डे, आकाश चन्द र हेमन्त धामी छनोट भएका छन्।

भारत र श्रीलंकामा जारी टी २० विश्वकप खेलेर फर्किएको नेपाली टोलीका सदस्य लोकेश बम र सन्दीप जोरा, अर्जुन कुमाल भने प्रारम्भिक टोलीमा परेका छैनन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को आयोजनामा प्रतियोगिता हुन लागेको हो। नेपाल, ओमन र यूएई सम्मिलित हुने प्रतियोगिता फागुन २६ देखि चैत ६ गतेसम्म नेपालमा हुनेछ।

प्रकाशित: १६ फागुन २०८२ ६:३७ | Saturday, February 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast