विश्वराज पोखरेलले प्रधानाध्यापक थर्काएकोप्रति महावीर पुनको असन्तुष्टि, भने,‘ठाउँको ठाउँ बर्खास्त गरेर घर पठाइदिन्थे’

हिमाल प्रेस १२ वैशाख २०८३ ८:२१ | Saturday, April 25, 2026
26
SHARES
विश्वराज पोखरेलले प्रधानाध्यापक थर्काएकोप्रति महावीर पुनको असन्तुष्टि, भने,‘ठाउँको ठाउँ बर्खास्त गरेर घर पठाइदिन्थे’

काठमाडौँ- प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएकोप्रति पूर्वशिक्षामन्त्री महावीर पुनले ओक्रोशित भएका छन्। पोखरेलले हिजो मात्रै एक विद्यालयका प्रधानाध्यापकलाई आफूलाई गेटमा स्वागत गर्न नआएकोमा गाली गरेका थिए। आज पुनले सोही भिडियो सेयर गर्दै कडा टिप्पणी गरेका छन्।

पुनले लेखेका छन्, ‘यिनी कुन पार्टीका हुन् कुन्नि? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ । सांसद भनेको जनताको नोकर हो । एउटा सांसदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्छ । ५ वर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनु पर्छ ।’

उनले भनेका छन्, ‘बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ? कि तुरुन्त माफी माग्नु पर्छ कि त सारा जनताले फिर्ता बोलाउनु पर्छ । सांसद पदको बेइज्जत नै गर्‍यो त ।’ सांसद पोखरेलको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ ।

प्रकाशित: १२ वैशाख २०८३ ८:२१ | Saturday, April 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast