जबरजस्ती उठिबास गराए प्रतिकार गर्ने सुकुम्बासी मोर्चाको चेतावनी

हिमाल प्रेस ११ वैशाख २०८३ १५:३८ | Friday, April 24, 2026
6
SHARES
जबरजस्ती उठिबास गराए प्रतिकार गर्ने सुकुम्बासी मोर्चाको चेतावनी

काठमाडौँ- काठमाडौँको अतिक्रमित सुकुम्बासी बस्ती हटाउने निर्णय कार्यान्वयन नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण गराइएको छ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको नेतृत्वमा शुक्रबार काठमाडौँको बनस्थलीस्थित रास्वपा पार्टी कार्यालयमा पुगेकाहरुले बस्ती हटाउने निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन्।

उनीहरुले पार्टी कार्यालयमा रास्वपाका केन्द्रीय सदस्य खेमराज साउदलाई ध्याकर्षण पत्र बुझाएको जनाएका छन्। यस क्रममा मानव अधिकार उल्लंघन हुने गरी काम नगर्ने र यस विषयमा सरकारसँग कुरा भइरहेको जवाफ प्राप्त भएको मोर्चाका महासचिव अर्जुन कुँवरले जानकारी दिए।

आफूहरु सकारात्मक सन्देश आउने विश्वासमा रहे पनि सहजताका साथ एकताबद्ध भएर बस्न उनले आग्रह गरे।

मोर्चाले सरकार एकतर्फी ढंगले जबरजस्ती रुपमा अघि बढ्न खोजे प्रतिकार गर्ने चेतावनी समेत दिएको छ। मोर्चाले जर्बजस्ती उठिबासको सूचना तत्काल फिर्ता लिनुपर्ने, राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्य प्रक्रिया तत्काल सुरु गरी लगत प्रमाणीकरण र व्यवस्थापनको कार्य अगाडी बढाउनुपर्ने, भूमि र आवासको अधिकारको सुनिश्चित गर्नुपर्ने लगायतका माग राखेको छ।

प्रकाशित: ११ वैशाख २०८३ १५:३८ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast