टाउकोको क्यान्सरबाट पीडित वडाध्यक्षको निधन

हिमाल प्रेस १० वैशाख २०८३ ८:२४ | Thursday, April 23, 2026
12
SHARES
टाउकोको क्यान्सरबाट पीडित वडाध्यक्षको निधन

बाजुरा- बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गएराति निधन भएको छ। गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार, २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकोको ‘क्यान्सर’बाट पीडित थिए।

गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहेका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा दिने र आधा झण्डा झुकाउने बताए। रासस

प्रकाशित: १० वैशाख २०८३ ८:२४ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast