भिरबाट लडेर बालिकाको मृत्यु

हिमाल प्रेस १० वैशाख २०८३ ६:२४ | Thursday, April 23, 2026
2
SHARE
भिरबाट लडेर बालिकाको मृत्यु

काठमाडौँ- बागलुङमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका–२ अर्नकोटकी ७ वर्षीया एलिना विकको मृत्यु भएको हो।

बालिका आफ्नै घर नजिकको बारीमा बाख्रा चराउने क्रममा बुधबार दिउँसो लडेकी हुन्। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार भिरबाट लडेकी बालिकाको घटनास्थलमा नै मृत्यु भएको हो।

बालिका भिरबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० वैशाख २०८३ ६:२४ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast