सरकारको रबैयाले देश फासीवादतर्फ जाँदैछ, ओलीलाई गिरफ्तार गरिएको घटना लोकतन्त्रविपरीत : महेश बस्नेत

हिमाल प्रेस ९ वैशाख २०८३ ८:३५ | Wednesday, April 22, 2026
14
SHARES
सरकारको रबैयाले देश फासीवादतर्फ जाँदैछ, ओलीलाई गिरफ्तार गरिएको घटना लोकतन्त्रविपरीत : महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना दिवसलाई सम्झना मात्र होइन चुनौतीसँग जुध्ने प्रतिवद्धता व्यक्त गर्ने दिनका रूपमा स्मरण गर्नुपर्ने बताएका छन्। पार्टी स्थापना दिवसको शुभकामना दिँदै सचिव बस्नेतले सामाजिक सञ्जालमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर सेयर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेपछि समाजमा अझ धेरै असमानता,बेरोजगारी, महँगी र निराशा बढेको उल्लेख गरेका छन्।

बस्नेतले लेखेका छन् ‘श्रमिक र विद्यार्थीका संगठनहरु खारेज गर्ने प्रयासले सरकार अधिनायकवादी बाटोमा उन्मुख भएको संकेत गरेको छ।’ बस्नेतले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने उद्देश्य सहित पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गरिएको घटनाले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रश्न उठाएको बताएका छन्।

सरकारको यस प्रकारको रबैयाले देशलाई फासिवादतर्फ लैजाने भएकोले यसको प्रतिकार गर्न उनले आह्वान गरेका छन् । बस्नेतले लेखेका छन् ‘आज आवश्यकता छ। नारा होइन, व्यवहारमा रूपान्तरणको। सत्ता होइन वा केन्द्रित राजनीतिको । विभाजन होइन,एकता र जनविश्वासको पुननिर्माणको ।’

बस्नेतले यही मुल मर्म बुझ्दै समानता,न्याय र श्रमिक अधिकारका लागि अझ सशक्त,जुझारु र संगठित ढंगले अघि बढ्नुपर्ने समय आएको बताएका छन् । ‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय अभियानलाई अझ प्रभावकारी बनाऔं।’

प्रकाशित: ९ वैशाख २०८३ ८:३५ | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast