रास्वपा महामन्त्रीमा भूपदेव शाह मनोनीत

हिमाल प्रेस ७ वैशाख २०८३ १७:३७ | Monday, April 20, 2026
18
SHARES
रास्वपा महामन्त्रीमा भूपदेव शाह मनोनीत

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनीत भएका छन्। आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले शाहको नाम अनुमोदन गरेको हो।

उनी वालेन्द्र शाह (बालेन) मेयर हुँदा उनको स्वकीय सचिवका रूपमा काम गरेका थिए। साथै प्रतिनिधिसभा निर्वाचनमा अछाम २ बाट निर्वाचन लडेका थिए। यद्यपि उनी पराजित भएका थिए। रास्वपाले दुई महामन्त्री बनाउन विधान संशोधन गरेको थियो।

बैठकले सचिवालय सदस्यमा सागर ढकाल र सरिताश्री ज्ञवाली मनोनीत भएका छन्। उनीहरूको नाम सभापति रवि लामिछानेले बैठकमा प्रस्ताव गरेका थिए।

त्यस्तै केन्द्रीय सल्लाहकार परिषद् र संघीय नेतृत्व परिषद्मा केही सदस्य थपिएको छ।

संघीय नेतृत्व मञ्चमा तुलसीप्रसाद चौधरी, रामसिंह थारू, जीवन धामी, प्रेमा चौधरी, नवराज राना र एकराज चौधरीलाई मनोनीत गरिएको हो।

केन्द्रीय सल्लाहकार परिषदमा जीवन प्रभा लामा, मोतीप्रसाद पंगाली, हरिप्रसाद पाण्डे र विष्णुहरी शर्मालाई मनोनीत गरिएको छ।

प्रकाशित: ७ वैशाख २०८३ १७:३७ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast