काठमाडौँ- बलर हेमन्त धामीले नेपाली टि-ट्वान्टी अन्तर्राष्ट्रिय टोलीबाट डेब्यु गर्ने भएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको टि-ट्वान्टी सिरिजको पहिलो खेलमार्फत उनले पहिलो पटक छोटो फर्म्याटमा राष्ट्रिय टोलीको जर्सी लगाउनेछन्।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सहायक प्रशिक्षक कलाम अलीले धामीलाई डेब्यु क्याप प्रदान गरेका हुन्। धामीले यसअघि भने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट टोलीबाट नेपालका लागि खेलिसकेका छन्।
उनले सन् २०२४ मा यही मैदानमा क्यानडा राष्ट्रिय क्रिकेट टोलीविरुद्ध आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। टि-ट्वान्टी टोलीमा पहिलो पटक स्थान बनाएका धामीलाई मुख्य प्रशिक्षक स्टुअर्ट लले पहिलो अवसरमै प्लेइङ-११ मा राख्दै डेब्यु गराएका हुन्।
प्रकाशित: ७ वैशाख २०८३ १६:४२ | Monday, April 20, 2026
प्रतिक्रिया



