रास्वपा सभापतिमा रवि लामिछाने चयन

हिमाल प्रेस १५ माघ २०७९ १७:३९ | Sunday, January 29, 2023
रास्वपा सभापतिमा रवि लामिछाने चयन फाइल तस्बिर।

काठमाडौँ– निवर्तमान उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा चयन भएका छन्।

आइतबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकले उनलाई सभापतिमा पुन: चयन गरेको हो। शुक्रबार सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहर गरेपछि लामिछाने सो पार्टीको सभापतिबाट स्वत: हटेका थिए। पार्टीको केन्द्रीय समिति बैठकले उनलाई पुन: सो पद दिएको हो।

सर्वोच्चको फैसलासँगै उनको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो। उनले आइतबार बिहान जिल्ला प्रशासन कार्यालय पुगेर नेपाली नागरिकता पुन: कायम गरेसँगै उनी वसुन्धरास्थित पार्टी मुख्यालय पुगेका थिए।

रवि सभापतिमा नहुन्जेल डोरप्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापति बनेका थिए। लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित: १५ माघ २०७९ १७:३९ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast