असिनासहितको पानीबाट ७४ सवारीसाधनमा क्षति

हिमाल प्रेस ७ वैशाख २०८३ ९:२३ | Monday, April 20, 2026
4
SHARES
असिनासहितको पानीबाट ७४ सवारीसाधनमा क्षति

चितवन- चितवनमा आइतबार साँझ असिनासहितको पानीबाट ७४ सवारीसाधनमा क्षति पुगेको छ ।

इच्छाकामना गाउँपालिका–३, ४ र ५ स्थित कुरिनटार, मुग्लिनसहित पृथ्वी राजमार्गबाट विभिन्न गन्तव्यतर्फ जाँदै गरेका र पार्किङ गरी राखिएका ती सवारीसाधनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

क्षति पुगेका सवारीसाधनमा कार ५७, माइक्रोबस १५, मोेटरसाइकल र ट्रक एकरएक रहेका कार्यालयका सूचना अधिकारी एवं डीएसपी रवीन्द्र खनालले जानकारी दिए । ती सवारीसाधनको सिसामा क्षति पुगेको उनले बताए । रासस

प्रकाशित: ७ वैशाख २०८३ ९:२३ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast