काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक झगडामा अदालतबाट समाधान नआउने बताएका छन् । कांग्रेसको आधिकारिकता विवादसम्बन्धी फैसलालाई सङ्केत गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्– ‘अन्य झगडामा न्यायका लागि अदालत जानु स्वाभाविक नै हो।राजनीतिक झगडामा राजनीतिक दल अदालत गएर पनि समाधान आउँदैन।नेकपा मिल्यो, झगडा परो, अदालत धाए अदालतले निर्णय दिए पनि फेरि मिलेनन् झर्याम्म झुरुम सिसा झैँ चकनाचुर भए।’
उनले थप भनेको छन्, ‘राजनीतिक एकता कानुनले होइन, नियतमा निर्भर छ। कांग्रेस के होला? रबर वा सिसा?’
प्रकाशित: ५ वैशाख २०८३ ८:२२ | Saturday, April 18, 2026
प्रतिक्रिया



