घट्यो सुनचाँदीको मूल्य

हिमाल प्रेस ४ वैशाख २०८३ ११:४० | Friday, April 17, 2026
12
SHARES
घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ- बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९९ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १३० कायम भएको छ।

हिजो बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख दुई हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २५० मा कारोबार भएको थियो।

गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २२० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ४ वैशाख २०८३ ११:४० | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast