कांग्रेसको आधिकारिकता विवाद : ‘हेर्दाहेर्दै’ मा

हिमाल प्रेस ३ वैशाख २०८३ १८:३२ | Thursday, April 16, 2026
46
SHARES
कांग्रेसको आधिकारिकता विवाद : ‘हेर्दाहेर्दै’ मा

काठमाडौँ- नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादको मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको छ। रिटमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबारदेखि रिटमाथि सुनुवाइ सुरू भएको हो। मुद्दामाथि शुक्रबार सुनुवाइ जारी रहने सर्वोच्चले जनाएको छ।

विशेष महाधिवेशनले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति भग गर्दै गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।

विशेष महाधिवेशनलाई मान्यता नदिन माग गर्दै तत्कालीन संस्थापन पक्ष निर्वाचन आयोग पुगेको थियो। तर, निर्वाचन आयोगले भने विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैध ठहर गर्‍यो।

त्यसपछि आयोगको त्यो निर्णयविरूद्ध देउवासहित तत्कालीन कार्यसमितिका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका थिए। उनीहरूले विशेष अधिवेशलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।

चैत २७ मा कायमुकायम प्रधानन्यायाधीश सपना प्रधान मलल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा समेत मुद्दामाथि सुनुवाइ भएको थियो। सुनवाइपछि इजलासले विपक्षीलाई पेसीको सूचना दिने आदेशमात्रै जारी गरेको थियो।

प्रकाशित: ३ वैशाख २०८३ १८:३२ | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast