सार्वजनिक लेखा समिति सभापतिमा खड्काको मनोनयन दर्ता

हिमाल प्रेस ३ वैशाख २०८३ १६:१५ | Thursday, April 16, 2026
14
SHARES
सार्वजनिक लेखा समिति सभापतिमा खड्काको मनोनयन दर्ता

काठमाडौँ- प्रतिनिधसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका सांसद भरतबहादुर खड्काले मनोनयन दर्ता गराएका छन्।

बिहीबार समिति सभापति पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा कांग्रेसका सांसद खड्काले लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गराएका हुन्।

खड्काको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी रहेका छन्।

मनोनयन दर्तापछि कांग्रेस सांसद खड्काले सबै दलबीच लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय भइसकेकाले कसैको जित हारको विषय नभइ सर्वसम्मत रुपमा सभापति चयन हुने विश्वास व्यक्त गरे।

यसअघि रास्वपा संसदीय दलको बैठकले पनि लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दललाई समर्थन गर्ने निर्णय गरेको थियो भने एमाले र नेकपाले पनि कांग्रेसलाई नै समर्थन गर्ने निर्णय गरेको थियो।

सबैको समर्थन प्राप्त भएसँगै लेखा समितिको सभापतिमा खड्का चयन हुने निश्चित भएको छ।

प्रकाशित: ३ वैशाख २०८३ १६:१५ | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast