आज पनि बढ्यो सुन

हिमाल प्रेस २ वैशाख २०८३ ११:१८ | Wednesday, April 15, 2026
6
SHARES
आज पनि बढ्यो सुन

काठमाडौँ- सुनचाँदीको मूल्य वृद्धि भएको छ। सुन प्रतितोला छ हजार र चाँदी ३२० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २२० कायम भएको छ ।

गत सोमबार एक तोला सुन रु दुई लाख ९६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ९०० मा कारोबार भएको थियो। गत आइतबार रु दुई लाख ९७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९७५ कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित: २ वैशाख २०८३ ११:१८ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast